समुद्र भट्टले एलिजा र निश्चल लिएर फिल्म बनाउँदै

काठमाडौँ- निर्देशक समुद्र भट्टले नयाँ फिल्म बनाउने भएकी छिन् । समुद्रले नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर फिल्म बनाउन लागेकी हुन् ।
द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको अनटाइटल प्रोजेक्टमा उनले एलिजा र निश्चललाई मुख्य भूमिकामा शनिबार अनुबन्धित गराएकी छिन् ।
आगामी वैशाख भित्रै छायांकन सुरु गर्ने गरी तयारी गरिएको फिल्मका बारेमा केही दिनमै सम्पूर्ण जानकारी दिने निर्माण पक्षले गरेको छ । लभ स्टोरी क्राइम थ्रिलर रहने फिल्ममा समुद्रकै कथा रहने छ ।
अनुराग फिल्मबाट डेब्यु गरेकी एलिजाले त्यस यता थुप्रै म्यूजिक भिडियोमा काम गर्दै आइरहेकी छिन् । उनको यो दोस्रो फिल्म हुने छ ।
निश्चलले 'लण्डन टु पेरिस' बाट रजतपटमा डेब्यु गरेका हुन् । यो फिल्म प्रदर्शनको तयारीमा रहेको छ ।
समुद्रले निर्देशन गरेको ‘गून्यो चोलो’ प्रदर्शनको पर्खाइमा रहेको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया