एमाले प्रदेश सचिव रावलले दिए मन्त्री सोडारीविरुद्ध जाहेरी

धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । नेकपा एमाले सुदूरपश्चिम (ओली पक्ष) का सचिव राजेन्द्र रावलले सोडारीविद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका हुन् ।
सोडारीविरुद्ध सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार कसुर शीर्षकमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । प्रदेश सचिव रावलले सोडारीले आफ्नो कार्यकक्षमै सोमबार साँझ हातपात र दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
मुख्यमन्त्रीलाई विश्वासको मतदान नगर्न निर्देशनात्मक पत्र बुझाउने बेला मन्त्री सोडारीले आफूमाथि हातपात गरेको रावलले आरोप लगाएका छ्न ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया