नेदरल्यान्ड्सविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल, खनाल र कामी बाहिरिँदा शेख र झा टिममा

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालविरूद्ध नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ९:३० बजेदेखि शुरु खेल हुनेछ ।
दुई खेलाडी परिवर्तन भएको नेपाली टिममा देव खनाल र सोमपाल कामीको बाहिरिँदा आरिफ शेख र गुल्सन झा अटाएका छन् ।
यस सिरिजमा नामिबियाले आफ्ना चार खेल जितेर ३ जितसहित ६ अंक हासिल गरेको छ भने त्यस्तै लिग– २ को पहिलो सिरिज पनि जितेको छ ।
त्यसैगरी नेदरल्याण्ड्सको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ ।
नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म केवल चार एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्ड्सले २ र नेपालले २ खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्ड्ससँग नै सन् २०१८ को अगस्त १ मा खेलेको थियो ।
लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।
आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनोट हुनेछन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनोट हुने अवसर पाउनेछन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_1kRTXHuHfw_4lj21vzzpdllzd7atqz8ivzs6fxgn4onyieg9byibska9xhoc4r9dwwxw2nn.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया