कांग्रेसबाटै राष्ट्रिय सभाको अध्यक्ष : रमेशजंग रायमाझी

काठमाडौँ- नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका रमेशजंग रायमाझीले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसबाटै हुने बताएका छन् ।
आइतबार सिंहदरबारमा कांग्रेसका बहालवाला राष्ट्रिय सभा सदस्य र नवनिर्वाचित राष्ट्रिय सभा सदस्यबीच परिचयात्मक भेटघाट तथा अन्तरक्रियामा रायमाझीले संसदमा लामो समयदेखि कांग्रेसको नेतृत्व नभएको अवस्थामा अब राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसबाटै हुने बताएका हुन् । उनले कांग्रेसको नेतृत्व नहुँदा सूचना लुकाउने लगाएका काम भएकाले अब सहज हुने जिकिर गरे ।
रायमाझीले राष्ट्रिय सभा र समितिहरूमा सहभागिता जनाएर प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । रायमाझीले संसदमा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण निराशा छाएको भन्दै अव कांग्रेसले त्यसलाई चिर्न सक्नुपर्ने बताए ।
त्यस्तै निवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभाको गरिमालाई उच्च राख्ने, कानुन निर्माणमा सक्रियता साथै जनताका माग र अपेक्षा सम्बोधन हुने गरि काम गर्ने बताए । उनले संविधानको लक्ष्यअनुसार जनताको हित र समुन्नत राष्ट्र निर्माण गर्नुपर्ने धारणा राखे ।
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, विष्णु देवी पुडासैनी, जीतजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया र बलदेव बोहरा निर्वाचित भएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया