शुक्रबार ३० जेठ, २०८२
Friday, June 13, 2025

ग्राहकको डिजिटल यात्रा सरल पार्दै एनसेल एप

काठमाडौँ- एनसेलले आफ्नो एनसेल एप अझै परिष्कृत गरि थप ग्राहकमैत्री बनाएको छ । यससँगै ग्राहकले अब विविध जानकारीहरूमा सजिलै पहुँच पाउने भएका छन् । एनसेलले हालै मात्र आफ्नो यो सेल्फ केयर एफको नयाँ भर्सन संचालनमा ल्याएको छ ।

ग्राहक अनुभव अभिवृद्धि गर्ने र ग्राहकहरूको डिजिटल यात्रा सहज बनाउन सहयोग पुर्याउने कम्पनीको प्रतिबद्धता बमोजिम नेपाली बजारमा नै उपलब्ध स्थानीय सूचना प्रविधि प्रतिभाहरूमार्फत एपलाई अपडेट गरिएको हो । ग्राहकहरूले सहजै गुगल प्ले स्टोर र एप स्टोरबाट एनसेल एप डाउनलोड वा अपडेट गर्न सक्छन् ।

मुख्य मेनुमा सहजै पुग्न सकिने लगायतका विशेषताका कारणहरूले गर्दा यो भर्सन प्रयोग गर्न सजिलो छ । ग्राहकहरूले एपको प्रयोग गर्दा व्यक्तिगत रूपमा सेवा प्रदान गरिएको अनुभव लिन सक्छन् । यसमा थुप्रै नयाँ निःशुल्क र सशुल्क गेमहरूको पनि अनलाइन तथा अफलाइन मजा लिन सकिन्छ । ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न एपको होम पेजलाई परिमार्जन गरिएको छ र प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार आफ्नो प्रोफाइल बनाएर आफ्नो अकाउन्ट व्यवस्थापन गर्न सक्छन् ।

यस भर्सनमा, प्रयोगकर्ताहरूले सजिलैसँग आफ्नो सेवाहरूको प्रयोग कति भएको, लिइएका प्याकहरू, सक्रिय प्याकहरूको अवस्था हेर्न सक्छन् र आफूलाई मनपर्ने प्याकहरूलाई सजिलै आफ्नो पहुँचमा राख्न सक्छन् । मुख्य मेनुमा पाइने द्रुत पहुँचले ग्राहकहरूलाई प्रायः प्रयोग गरिरहने सुविधाहरूमा सहज रूपमा नेभिगेट गर्न सजिलो बनाउँदछ ।

त्यसैगरी यस एपमा थप सुधार गरिएको ग्राहक सेवाले ग्राहकका जिज्ञासाहरू तदारुकताका साथ सम्बोधन गरिएका तथा आवश्यक सहयोग प्रदान गरिएको सुनिश्चित गर्दछ । 

छोटा वा लामो अवधिका लागि रोमिङसहित विदेश भ्रमणमा रहेका ग्राहकहरूका लागि पनि यो एप एकदमै सहयोगी रहेको छ । किनकि एपको माध्यमबाट प्रयोगकर्ताले सजिलै रिचार्ज गर्ने र प्याकहरू किन्ने कार्यहरू गर्दै विदेश भ्रमणका बेला पनि सहज रूपमा सम्पर्कमा रहिरहन सक्छन् ।

स्थानीय सूचना प्रविधिका प्रतिभा र एप डेभलपमेन्ट क्षमताको प्रयोग गरेर यो एप अपडेट गरिएकाले यसले ठूलो अर्थ राखेको एनसेलको विश्वास छ । यो स्थानीय नेपाली आईटी प्रतिभाको प्रमाण हो । यो एपले डिजिटल नेपाल भिजनका आकांक्षाहरू हासिल गर्न पनि योगदान पुर्याउँछ ।

एनसेल सधैं ग्राहकको अनुभव अभिवृद्धि गर्न र उनीहरूको डिजिटल यात्रालाई सहज बनाउन प्रतिबद्ध रहेको छ । खल्तीसँगको साझेदारीमा दैनिक क्विज बाहेक एनसेलले समान विचार भएका साझेदार र अग्रणी बैंकहरूसँगको सहकार्यमा एनसेल एपमा थप सुविधाहरू थप्ने काम गरिरहेको छ । त्यसैगरी, पीआरबीटी सदस्यतालाई सहज बनाइँदै छ र ग्राहकलाई सूचनामा सहज पहुँच प्रदान गर्न एपमा नयाँ तथा लोकप्रिय सामग्री उपलब्ध गराउन आवश्यक कामहरू भइरहेको छ ।

सजिलै भ्वाइस र डाटा प्याकहरू लिन सकिने, अनलाइन रिचार्ज, मासिक बिल, रिसोर्स ट्र्याकिङ, सेवा सक्रिय वा निष्क्रिय गर्ने, रोमिङ सेवा सुचारु गर्ने लगायत अन्य थुप्रै एपका विद्यमान सेवा, सुविधाहरू हुन् । केही ट्याप गरेको भरमा नै ग्राहकहरूले हालै संचालनमा ल्याइएको कर सहित रु १५० मा मूल्य सुरु हुने डबल मजा प्याक जस्ता सेवाहरू सजिलै सुचारु गर्न सक्छन् ।
 

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…

एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आकर्षक रिन्यूअल प्याकहरू

एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट