आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

लिभरपुलले जित्यो इएफएलको उपाधि

काठमाडौं - लिभरपुलले इएफएल (काराबाओ) कप जितेको छ ।

गएराति सम्पन्न फाइनल खेलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले इएफएल कपको उपाधि जितेको हो ।

लिभरपुलको जितमा खेलको ३० मिनेटको अतिरिक्त समयमा भिर्गिल भान डाइकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । उनले खेलको ११८औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै लिभरपुलले इएफएल कप सबैभन्दा बढी १० पटक जितेको छ ।

इएफएल कप लिभरपुलपछि म्यानचेस्टर सिटीले ८, म्यानचेस्टर युनाइटेडले ६, चेल्सी र एस्टन भिल्लाले ५-५ पटक जितेका छन् ।