तीन मन्त्रीको राजीनामा वा बर्खास्तीको माग राख्दै संसद अवरुद्ध

काठमाडौं - एमालेसहित प्रतिपक्षी दलले सोमबार सदनमा सरकारको कडा आलोचना गरेका छन् ।
विवादित मन्त्रीले राजीनामा नदिएको र उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खास्त नगरेको तथा मिटरब्याजपीडित र दूग्ध किसानको समस्या समाधान नगरेको भन्दै एमालेसहित राप्रपा र रास्वपाका सांसदहरूले सरकारको कडा आलोचना गरे ।
एमालेका सांसदले संसदमै नाराबाजी गरे । नाराबाजी गर्नुअघि एमाले सांसदले सभामुखको रुलिङलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाए ।
एमालेसहितका प्रतिपक्षी सांसदहरूले दुई युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनाको छानबिन आयोग प्रतिवेदनमा दोषी देखाइएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालासहित स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको भन्दै राजीनामा वा बर्खास्त गर्न माग गरे ।
एमालेका सांसदले यस विषयमा आइतबार र सोमबारमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरेका थिए । तर, जवाफ नदिएपछि सोमबार सदनमै नाराबाजी गरेका हुन् ।

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

प्रतिक्रिया