राजेन्द्र महतोले छाडे लोसपा, राष्ट्रिय मुक्ति क्रान्ति अभियान घोषणा

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुराष्ट्रिय राज्य स्थापनाका लागि भन्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानको घोषणा गरेका छन् ।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महतोले लोसपा परित्याग गर्दै नयाँ अभियान घोषणा गरेका हुन् । उनले अभियानमा आउन लोपसालाई पनि आह्वान गरेका छन् । बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको नाममा बृहत् प्रशिक्षण कार्यक्रमको समेत सुरुवात गरिएको उनले जानकारी दिए ।
पहिचानवादीहरू एकल आयामिक गोलचक्करमा फसेकै कारण विगत चार दशक अगाडि सुरु भएको पहिचानावादी आन्दोलन शासकीय षडयन्त्रको सिकार भइ अधुरो रहन गएको महतोले बताए । उनले हिमाल, पहाड, तराईका अधिकार तथा पहिचानवादी उत्पीडित राष्ट्रियताहरू तथा देशमा सुशासन र समृद्धि चाहनेहरू सबै संयुक्त रूपमा एकताबद्ध भई बहुल राष्ट्रिय राज्य निर्माणको निम्ति राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको बताए ।
अहिले अभियानको मात्रै घोषणा गरिएको र पार्टीको रूप ग्रहण नगरेको उनको भनाइ छ ।
महतोले देशमा एकल राष्ट्रिय राज्यको चिन्तन र सोचबाट संविधान निर्माण र राज्यको संचालन भइरहेको कारणले नेपाल सबै नेपालीको लागि बन्न नसकेको तर्क गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया