लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर छ : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर रहेको बताएका छन् ।
लघुवित्त र मिटरब्याज पीडितहरूले संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले लघुवित्तलाई राष्ट्र बैंकमार्फत नियमन गरिने भन्दै लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर रहेको बताएका हुन् ।
उनले लघुवित्तको दुरुपयोग गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने र ऋण लिएकाहरूले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने धारणा राखे । संसद् भित्र र संसद् बाहिर पनि लघुवित्त पीडितको मागप्रति ध्यानाकर्षण भएको भन्दै मन्त्री महतले त्यसको समाधान गर्ने विकल्पहरूमा सरकार गम्भीर रहेको बताए ।
हिजोको दिनमा सहकारी लघुवित्तमा अथाह ऋण प्रवाह गरेको र कोभिडको अवस्था भएकाले ऋणीहरू समस्यामा परेको उनले बताए ।

देशमा आशा सञ्चार नहुँदा प्रतिभावान पलानय हुने खतरा बढ्योः पर्यटनमन्त्री पाण्डे

साउन १६ लाई ‘राष्ट्रिय कोदो दिवस’ का रूपमा मनाउने सरकारको निर्णय

‘बालश्रम निवारणका लागि अभिमुखीकरण आवश्यक’

१० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

पूर्वाञ्चल विश्वविद्यालयको सभा, एक अर्ब ७० करोड बजेट स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ३६ करोड बजेट स्वीकृत

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

प्रतिक्रिया