संसद् भवन परिसरमा लघुवित्त ऋणी प्रवेश गरेकोबारे सभामुखको चासो

काठमाडौँ- संसद् भवन परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरेले गम्भीर चासो लिएका छन् । सभामुखले आज साँझ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिएका हुन् । उनले सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको बताए ।
गृहमन्त्रीले साँझ सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाइएको र छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।
प्रहरी महानिरीक्षक कुँवरले घटनालगत्तै तीन सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएका छन् । उनले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको, संसद् भवन सुरक्षार्थ टोली परिवर्तन गरिएको जानकारी दिए ।

विपद्सम्बन्धी पूर्वसूचना प्राप्ति र प्रतिकार्यका लागि तयारी अवस्थामा छौँः गृहमन्त्र…

प्रभु साहको प्रश्न: तराई मधेसमा पानीको हाहाकार हुँदा समेत सरकार किन अन्धो भ…

संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण
'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

प्रतिक्रिया