त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ- नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि शुरु हुँदैछ ।
सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् ।
त्रिभुवन विश्वबिधालय खेल मैदान, कीर्तिपुरमा हुने यो खेल बिहान ११:३० बजेदेखि शुरु हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।
नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।
आइसीसीको टी-२० वरियतामा तीन देशमध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्ड्स १५औँ स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औँ स्थानमा रहेको छ ।
खेल तालिका
- नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार ।
- नेपाल भर्सेज नेदरल्याण्ड्स, फागुन १६ गते बुधबार ।
- नामिबिया भर्सेज नेदरल्याण्ड्स, फागुन १७ गते बिहीबार ।
- नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार ।
- नेपाल भर्सेज नेदरल्याण्ड्स, फागुन १९ गते शनिबार ।
- नामिबिया भर्सेज नेदरल्याण्ड्स, फागुन २० गते आइतबार ।
फाइनल, फागुन २२ गते मंगलबार ।

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_CyWeT5SYMP_jh0svgjmm82oncxy0zxjdelzqawut5adyhqifcensxssturybnobvccakuiq.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

प्रतिक्रिया