हंगेरीको संसद्द्वारा स्वीडेनको नेटो सदस्यताको लागि बाटो खुला

स्टकहोम- हंगेरीको संसद्ले स्वीडेनको नेटो सदस्यताको लागि बाटो खुला गरेको छ ।
हंगेरीका सांसदहरूले लामो समयदेखि ढिलाइ भएको मतदानमा नेटोमा सामेल हुन स्वीडेनको प्रस्तावलाई अनुमोदन गरेका छन् ।
जुन प्रस्ताव पारित भएसँगै नोर्डिक राष्ट्रको सदस्यताको लागि स्विडेनलाई मार्ग प्रशस्त गरेको छ ।
रुसले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि स्वीडेनले २०२२ मा सामेल हुन आवेदन दिएको थियो । तर हंगेरीले उसको प्रस्ताव शत्रुतापूर्ण भएको आरोप लगाउँदै आएको थियो ।
तर गत हप्ता हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले भने कि तिनीहरू अब एक अर्काको लागि मर्न तयार छन् । सबै नेटो सदस्यहरूले आक्रमणमा परेको सहयोगीलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।
स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले आजको दिन ऐतिहासिक दिन भएको र स्वीडेन युरो-एट्लान्टिक सुरक्षाको जिम्मेवारी वहन गर्न तयार रहेको बताएका छन् ।
ओर्बान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग घनिष्ठ सम्बन्ध भएका राष्ट्रवादी राजनीतिज्ञ हुन् । उनले युक्रेनलाई सैन्य सहायता पठाउने ईयूको प्रयासलाई बारम्बार अवरुद्ध गर्दै आएका छन् ।
स्वीडेन इयु देशहरूमध्ये एक हो, जसले हंगेरीलाई इयुको लोकतान्त्रिक सिद्धान्तहरूमा पछाडि हटेको आरोप लगाएका थिए । फलस्वरूप र्बानका प्रवक्ता जोल्टन कोभाक्सले स्वीडेनका अधिकारीहरूलाई नैतिक श्रेष्ठताको टुक्राटुक्रा सिंहासनमा बसेको आरोप लगाए ।
तर गत हप्ता ओर्बानले आफ्नो स्विडेनी समकक्षी उल्फ क्रिस्टर्सनलाई होस्ट गरेका थिए भने स्वीडेनको सदस्यताको लागि आफ्नो समर्थन घोषणा गरेका थिए, परिणाम आज संसद्बाट अनुमोदन गराएका छन् ।
नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले हंगेरीको संसद्को निर्णयले गठबन्धनलाई बलियो र सुरक्षित बनाएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

अमेरिकामा धार्मिक लगानीमा सार्वजनिक विद्यालय निर्माण गर्न रोक

प्रतिक्रिया