सिजी ब्राण्डको डिलर मिट सौराहमा

काठमाडौँ- नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सिजीले फागुन १४ गतेको दिन सौराहस्थित होटल जंगल क्राउनमा आफ्नो डिलर मिट कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सिजीले पोखरा, बुटवल र नारायणघाट एरियासम्मका सम्पूर्ण डिलरहरूलाई निमन्त्रणा गरि कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा सिजी का भाईस प्रेसिडेन्ट एस.सि.साबु र बि.यु. यच. धर्मेन्द्र जोशीले दिप प्रज्जवलन गरि कार्यक्रम प्रारभ गरेका थिए । सेल्स हेड हरिचन्द्र अर्यालले आकर्षक स्किमको पनि घोषणा गरे ।
कार्यक्रममा ७० जनाभन्दा बढि डिलरहरूका साथै पत्रकारहरूको उपस्थिति रहेको थियो । सिजी ब्राण्डका घरायसी सामाग्रीहरूको प्रदर्शनी गर्नुका साथै आफ्ना सामानहरुको जानकारी एवंम आउँदै गरेको सामानहरूको बारेमा पनि प्रोडक्ट प्लानिङ्ग म्यानेजमेन्ट टिमले बताए ।
कार्यक्रमा चौधरी ग्रुपलगायत सिजी ब्राण्डका कर्पोरेट भिडियो देखाई कम्पनी र ब्राण्डको बारेमा जानकारी दिइएको थियो । साथै बिभिन्न क्षेत्रका डिलरहरूलाई बिभिन्न अवार्डहरू वितरण गरि हौसला पनि प्रदान गरिएको थियो । क्रार्यक्रममा सिजी ब्राण्डले यू.एच.डि.र क्युलेड सेगमेन्टमा नयां गुगल टि.भी. सम्पूर्ण डिलरहरूबीच लन्च गर्यो ।
डिलरहरूलाई आउँदा दिनहरूमा अझै राम्रा राम्रा सामानहरू र आकर्षक योजनाहरू पनि ल्याउने जानकारी दिँदै सेल्स हेड हरिचन्द्र अर्याल र सि. जी. सेल्सका डि.जी. एम शैलेन्द्र झाले बाचा गरे । साथै सि. जीका मार्केटिङ मेनेजर गौरव हमालले आफ्ना बहुमुल्य शब्दहरूका साथ आफ्ना डिलरहरूलाई हौसला प्रदान गरे ।

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_Izf84tU8yr_98mfzzyzcjeg9xruudobnbsf3atkzw9xb4n4eb8qhgyapwukq3znude1yne8.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

प्रतिक्रिया