महाधिवेशनमा दस्तावेज लेखनका लागि सुझाव पठाउन निर्देशन

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), सम्पर्क विशेष प्रदेश कमिटीले पार्टीको १०औँ महाधिवेशनमा दस्तावेज लेखनका लागि मातहतका सातवटा प्रदेश सम्पर्क कमिटी, ७४ जिल्ला सम्पर्क मञ्चलाई सुझाव पठाउन निर्देशन दिएको छ ।
कमिटीले आगामी जेठ ३ देखि ७ गतेसम्म हुने महाधिवेशनमा मातहतका सबै निकायबाट सुझाव सङ्कलन गर्ने उद्देश्यले एक साताभित्र सुझाव पठाउन निर्देशन दिएको हो । कमिटी अध्यक्ष वीरवलकाजी राईको अध्यक्षतामा पाँच सदस्यीय दस्तावेज सुझाव समिति पनि गठन गरिएको छ । कमिटीले आफ्नो मातहतका सबै सम्पर्क कमिटी र जिल्ला सम्पर्क मञ्चलाई पुनर्गठन गरी कमिटी व्यवस्थित गर्ने जनाएको छ ।
पार्टीको अन्तरपार्टी निर्देशनानुसार महाधिवेशन केन्द्रित दुईमहिने पार्टी सङ्गठन निर्माण अभियान सफल बनाउन सम्पर्क विशेष प्रदेश कमिटीलाई पत्राचार गरिएको कमिटी अध्यक्ष राईले जानकारी दिए ।
पार्टी सदस्यता व्यवस्थित र विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहित सम्पर्क मञ्चका सदस्य विस्तार, सदस्यता वितरण गर्न सदस्यता शुल्कलाई व्यवस्थित गर्ने र कार्यालय व्यवस्थापनका लागि सम्पर्क मञ्च र प्रदेश सम्पर्क कमिटीलाई आवश्यकतानुसार दायित्व तोकी सम्पर्क कार्यालयलाई व्यवस्थित बनाउने काममा सो कमिटी लाग्नेछ । सबै प्रदेश सम्पर्क कमिटीले आ–आफ्नो कमिटीमा बैठक गरी त्यसको निर्णय केन्द्रमा पठाउन सर्कुलर पनि जारी गरिएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया