सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नगद लाभांश वितरण गर्ने

काठमाडौं - सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया