नेपाल नागरिक उड्डयन प्राधिकरणको निष्कर्षः धरानमा सडक यातायातको पहुँच छ, विमानस्थल बन्दैन

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण गर्न नसकिने निष्कर्ष निकालेको छ । केही समयअघि प्राधिकरणले धरानमा विमानस्थल निर्माणको अध्ययन समिति बनाएको थियो ।
समितिको अध्ययन प्रतिवेदन अनुसार ‘विद्यमान हवाई नीति, २०६३ मा भएको तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट ४० नटिकल माइल हुनुपर्ने त्यसको नीति व्यवस्था विपरीत हुनेछ ।
सडक यातायातको सहज पहुँच, भौगोलिक अवस्थाले गर्दा वान वे मात्र सम्भव हुँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यवसायीक सम्भावना नभएको अध्ययन समितिले निष्कर्ष निकालेको छ । प्राविधिक तथा अन्य विविध कारणले हवाई विमानस्थल बनाउन सम्भव नरहेको प्राधिकरणले निष्कर्ष निकालेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा गत कात्तिक २३ गते प्राधिकरणका प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा वरिष्ठ कानुन अधिकृत बिमल खनाल र चार्टर्ड एकाउन्टेन्ट अनिल बस्नेत सदस्य रहेको टोली गठन गरिएको थियो ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया