मिटरब्याज पीडितको आन्दोलनमा जसपाको ऐक्यबद्धता

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । जसपाले मिटरब्याज पीडितहरूले अहिले ३ बजे भृकुटीमण्डबाट सुरु गर्न लागेको मार्चपासमा सहभागी भएर उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन लागेको हो ।
सरकारले उनीहरूको न्यायोचित माग र मुद्दालाई वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्ने र समस्या समाधानमा तदारुकता जनाउनु पर्ने जसपाको माग रहेको छ ।
पार्टीका कार्यकारिणी समिति सदस्य एवं सङ्गठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा पार्टीका नेता, कार्यकर्ताहरू ऐक्यबद्धता जनाउन आन्दोलनमा सहभागी हुन लागेका हुन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया