मधेश प्रदेशसभामा नाराबाजी

जनकपुरधाम - मधेस प्रदेश सभाको बैठकमा जनमत पार्टीका प्रदेशसभा सदस्यहरूले बैठकमा नाराबाजी गरेका छन् ।
प्रदेशसभाको बैठक सुरु हुनासाथ जनमत पार्टीका प्रदेशसभा सदस्य चन्दनसिंहले आफ्नो पार्टीबाट विगतमा मन्त्री रहेको महेश प्रसाद यादव र प्रदेशसभाका सदस्यहरूमाथि राजविराजको कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीले लाठीचार्ज गरेको र सो घटनालाई लिएर मुख्यमन्त्रीले माफी माग्नु पर्ने भन्दै उठेर विरोध जनाएका छन् ।
तर, सभामुख मण्डलले बैठक सुचारु गर्न आग्रह गर्दा समेत जनमत पार्टीका प्रदेश सभा सदस्यहरूले बस्न नमानेपछि खेलकुद तथा समाज कल्याण मन्त्री सुरिताकुमारी साहलाई प्रदेश बालअधिकार ऐन २०७७ संशोधन गर्न बनेको विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए । त्यसपछि जनमत पार्टीका प्रदेशसभा सदस्यहरूले सभामुखको अगाडि पुगेर नाराबाजी गरे थिए । नाराबाजी नरोकिएपछि बैठक १० मिनेटको लागि स्थगित गरिएको छ ।

प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै

रौतहटमा साढे ५ करोड बढीको अबैध सामान बरामद, १०३ तस्कर पक्राउ

सिरहाको बेतौनावासीको गुनासो ‘हाम्रो आवाज सुन्ने कोही भएनन्’

चन्द्रपुरमा लम्पी स्किनविरुद्ध निःशुल्क औषधि वितरण

करेन्ट लागेर महिलाको मृत्यु

पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
उच्च अदालत जनकपुरधाममा ४४११ मुद्दा फछ्र्यौट

प्रतिक्रिया