उज्बेकिस्तानमा कफ सिरप बेच्ने भारतीय व्यापारीलाई २० वर्षको जेल सजाय

काठमाडौँ- उज्बेकिस्तानको सर्वोच्च अदालतले भारतीय कफ सिरप पिउँदा ६८ बालबालिकाको मृत्यु भएको मुद्दामा २१ जनालाई सजाय सुनाएको छ ।
एनडीटीभीको रिपोर्टअनुसार सबैलाई २० वर्षको सश्रम कारावासको सजाय सुनाइएको हो । जसमा भारतीय व्यापारी राघवेन्द्र प्रताप पनि रहेका छन् । उनी भ्रष्टाचार, जालसाजी र किर्तेमा दोषी ठहर भएका हुन् ।
वास्तवमा उज्बेकिस्तानमा २०२२ र २०२३ को बीचमा कम्तीमा ८६ बालबालिकालाई विषालु खोकीको सिरप खुवाइएको थियो । जसका कारण ६८ बालबालिकाको मृत्यु हुन पुगेको बताइएको छ ।
मृतकका आफन्तको उजुरीको आधारमा उज्बेकिस्तान प्रहरीले मुद्दा दर्ता गरी अदालतमा आरोपपत्र दायर गरेको थियो । जसमा उज्बेकिस्तानमा डक–१ म्याक्स सिरप बेच्ने कम्पनीका निर्देशक राघवेन्द्र प्रतापलाई पनि अभियुक्त बनाइएको हो । उनीविरुद्ध लापरबाही, ठगीलगायतका गम्भीर धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।
जनवरी २०२३ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतको मेरियन बायोटेकले बनाएको दुईवटा कफ सिरप बालबालिकालाई दिन नहुने बताएको थियो । सिरपको नाम एम्ब्रोनोल सिरप र डक–१–म्याक्स हो । यी दुवै सिरप नोएडास्थित कम्पनी मेरियन बायोटेकले उत्पादन गरेको हो ।
अनुसन्धानमा दुवै सिरप गुणस्तरीय नभएको डब्ल्यूएचओले जनाएको छ । यसमा डायथिलिन ग्लाइकोल वा दूषित पदार्थको रूपमा इथिलीन ग्लाइकोलको सही मात्रा नभएको खुलेको थियो । एजेन्सी

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

अमेरिकामा धार्मिक लगानीमा सार्वजनिक विद्यालय निर्माण गर्न रोक

प्रतिक्रिया