नेविसंघ संस्थापनइतर समूहले माग्यो अध्यक्ष शेर्पाको राजीनामा

काठमाडौँ- नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको संस्थापनइतर समूहले अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग गरेको छ ।
दुई दिन काठमाडौँमा बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेविसंघ संस्थापनइतर समूहले अध्यक्ष शेर्पाले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय उल्लंघन गर्दै विभिन्न जिल्लामा मनोमानी ढंगले जिल्ला अध्यक्षको जिम्मेवारी दिने काम गरेको भन्दै राजीनामा माग गरेको हो । उनीहरूले मनोमानी ढंगले व्यक्तिगत स्वार्थमा लिप्त भएर गरिएका सबै निर्णय खारेज गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराउने निर्णय गरिएको नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगरले जानकारी दिइन् ।
उनले नेविसंघ अहिले जटिल परिस्थितिबाट गुज्रिरहेको बताइन् । व्यक्तिगत स्वार्थका कारण देशभर संगठनलाई धराशायी बनाउँदै लैजाने अवस्था भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिन् । उनले विधिविधानविपरीत अध्यक्षले गरेको कामलाई सचेत गराउने काम मात्रै गरेको बताइन् ।
आफ्नो पक्षले बारम्बार छलफलका लागि बोलाउँदा पनि अध्यक्ष नआएको, आफूखुसी ढंगले कार्यक्रम गर्दै हिँडेको संस्थापनइतर समूहको आरोप छ । संस्थापनइतर समूहले अध्यक्ष शेर्पाबाट अब संगठन अघि नबढ्ने जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया