मिटरब्याज-लघुवित्त पीडितहरूलाई बिनासर्त रिहाइ गर्न सरकारसँग एमालेको माग

काठमाडौँ- नेकपा एमालेले संसद् भवन प्रवेश गरेर आन्दोलन गर्ने मिटरब्याज-लघुवित्त पीडितहरूलाई बिनासर्त रिहाइ गर्न सरकारसँग माग गरेको छ ।
बुधबार एमाले संसदीय दलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्दै सरकारको सुरक्षा कमजोरीका कारण मिटरब्याज-लघुवित्त पीडितहरू संसद् भवन प्रवेश गरेको भन्दै उनीहरूलाई बिनासर्त रिहाइ गर्दै मुद्दा नचलाउन माग गरेको हो । ४८ जना महिला र एक जना पुरुष आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ ।
त्यस्तै एमालेले सुरक्षा कमजोरी गर्नेलाई कारबाही गर्न माग गरेको छ भने मिटरब्याज-लघुवित्त पीडितको माग सम्बोधन गर्ने सुनिश्चितता गर्न समेत माग गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । त्यस्तै बानेश्वर र सिंहदरबार वरिपरि फुटपाटमा सर्वसाधारणलाई हिँड्न समेत रोक लगाएर तारबार लगाएको भन्दै यस्तो काम बन्द गर्न माग गरेको उनले बताए ।
जवाफमा गृहमन्त्रीले मिटरब्याज-लघुवित्त पीडितहरूको बिनासर्त रिहाइ र मुद्दा नचलाउने गरी सहजीकरण गर्ने र मिटरब्याज-लघुवित्त पीडितको माग सम्बोधन हुने गरी वार्तामा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको बर्तौलाले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया