आजको मौसम : तीन प्रदेशमा आंशिक बदली रहने

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सप्तरीमा बेवारिसे अवस्थाको ३९६ केजी गाँजा बरामद

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी चलाउन बन्द

रसुवाका बाढीमा बेपत्ता प्रहरी जवानको कुशको शब बनाएर दाहसंस्कार

सफलताको कथा : जसले दु:खमा चुनौती खोजे, अभावमा सम्भावना

सफलताको कथा : जसले दु:खमा चुनौती खोजे, अभावमा सम्भावना

तातोपानी सडक नखुल्दा सरकारसँग आक्रोशित छन् व्यवसायी, नाका नखुले दसैँ-तिहार म…

पाँच किसिमका मान्छेले खानु हुन्न सजिवन

प्रतिक्रिया