काम नभएपछि कर तिर्न नसकेको कंगनाको गुनासो

मुम्बई : अभिनेत्री कंगना रनावतले काम नभएका कारण कर तिर्न नसकेको गुनासो गरेकी छिन् । उनले गत वर्षको आधा कर तिर्न बाँकी रहेको बताएकी छिन् ।
ट्वीटरले खाता बन्द गरिदिएपछि कंगना आजभोलि इन्स्टामा सक्रिय छिन् ।
यता पनि उनको शैलीमा कुनै परिवर्तन आएको छैन । उनले लेख्दा लेख्दै आफू सबैभन्दा बढी कर तिर्ने हिरोइन रहेको र कमाइको ४५ प्रतिशत रकम तिर्ने गरेको बताएकी छिन् ।
उनले ढिलो कर तिरेवापत् सरकारले जरिवाना लगाए आफू तिर्न तयार रहेको पनि बताएकी छिन् । कोरोना महामारीले भारतको महाराष्ट्रमा लामो समयसम्म सुटिङ तथा हल बन्द थिए । सरकारले तीन दिन अघि मात्र सुटिङ खुल्ला गरेको छ । सुटिङ सुरु गर्न अनुमति दिए पनि हल नखुलेका कारण फिल्मको चाङ मात्र थपिएको छ ।
गनाका पनि चार फिल्म प्रदर्शनको पालो कुरेर बसेका छन् । कंगनाले दुई वर्षयता ‘थलाइवी’, ‘धाकड’ ‘तेजस’ ‘मणिकर्णिका रिटन्र्स’ आदि फिल्ममा काम गरेकी छिन् । ‘मणिकर्णिका रिटन्र्स’बाहेक बाँकी तीन फिल्मको सुटिङ लगभग सकिइसकेको छ ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया