बानेश्वर र सिंहदरबारको फुटपाथमा लगाइएको प्रतिबन्ध हट्यो

काठमाडौँ- बानेश्वरको संघीय भवन र सिंहदरदरबार वरपरको फुटपाथमा लगाएको निषेधित क्षेत्र हटाइएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिप्रसाद शर्माले फुटपाथमा प्रतिबन्ध लगाउने भनेर नभइ अल्पकालीन रुपमा लगाइएको प्रतिबन्ध हटाइएको जानकारी दिए ।
‘बानेश्वर र सिंहदरबारको फुटपाथमा लामो समयका लागि प्रतिबन्ध थिएन । अल्पकालीन समयका लागि थियो,’ उनले भने,’ केही अवाञ्छित गतिविधि नहोस भनेर हिजो र अस्ति लगाइएको थियो ।‘
प्रतिबन्ध नलगाको केही दिनका लागि सांकेतिक प्रतिबन्ध भएको शर्माको भनाइ छ । ‘सायद आजदेखि प्रतिबन्ध फुकुवा गरिएको छ,’ उनले इकागजसँग भने ।
माइतीघरमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने नगर्ने यस विषयमा हामीले छलफल चलिरहेको उनले बताए । सर्वसाधारणको गुनासो र आवाज सुनिरहेको उनको भनाइ छ ।
‘सडकलाई आन्दोलनको क्षेत्र बनाउँदा ट्राफिक अस्तव्यस्त हुने गर्छ,’ उनले थपे,’ आन्दोलन तथा विरोधका कार्यक्रम गर्न खुला मञ्चलाई प्रयोग गर्ने गरी छलफल भइरहेको छ । सबैले त्यतातिर पनि ध्यान दिनुपर्छ ।‘
खुला मञ्च पनि एक-दुई महिनामा निर्माण सम्पन्न भएपछि सबैका लागि खुला हुन सक्ने उनले जानकारी दिए । सम्पूर्ण आन्दोलनको कार्यक्रम खुला मञ्चमा हुनुपर्ने उनले जोड दिए ।
माइतीघर निषेधित क्षेत्र हटाउने भनेर छलफल भइरहेको उनको भनाइ छ । ‘सडकलाई आन्दोलनको स्थल बनाउन नहुने गरी एकमत हुनुपर्छ,’ उनले भने ।
सोमबार लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको प्रवेशपछि बानेश्वर र सिंहदरबारको फुटपाथमा प्रतिबन्ध लगाइएको थियो ।
पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पनि हिरासतमा राख्न उनीहरूलाई सात दिनको म्याद थप गरिसकेको छ ।

पातारासी गाउँपालिकाद्वारा २१७ योजना सम्पन्न

सशस्त्र प्रहरी बल रौतहटद्वारा पाँच करोड ७४ लाख मूल्यका सामान बरामद

ख्याकुवामा खानेपानीको पहुँच

सवारी साधन दुर्घटनामा मृत्यु

नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबर्टिक्सलगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरू)

आज जनै पूर्णिमा

चितुवापीडितलाई रु ३७ लाख

प्रतिक्रिया