काठमाडौँ महानगरले माइतीघर र बानेश्वरको भित्तामा चित्र बनाउने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा भित्ते चित्र बनाउने भएको छ । बुधबार महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठान सम्झौता भएको हो ।
विभागका प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उप-प्रशासन प्रमुख कमलमणि काफ्लेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ५० लाख रुपैयाँ भित्ते चित्र बनाउन महानगरले ललितकला प्रतिष्ठानसँग सम्झौता गरेको हो ।
विभागका अनुसार पहिलो चरणमा माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, प्रदर्शनी मार्गका भित्ताहरू, अन्तराष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर मीनभवनको भित्ता, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरू चित्त लेखनका लागि स्वीकृत भएका छन् ।
सम्झौता बमोजिम स्वीकृत भएका डिजाइन र स्थानहरुमा प्रतिष्ठानले भित्ते चित्र बनाइनेछ । यो काम २०८१ जेठ मसान्तसम्ममा सम्पन्न गरिनेछ । भित्ते चित्र बनाउन प्रतिष्ठानले स्थान र क्षेत्रफलसहितको कार्ययोजना पेश गर्नेछ । स्वीकृत कार्य योजनाका आधारमा काम हुनेछ ।
चित्र बनाउन प्रतिष्ठानले व्यक्ति र संस्थाहरूसँग सम्झौता गरेर काम लगाउन सक्नेछ ।
यसरी काम लगाउँदा सम्झौता गर्ने, कार्यादेश दिने, मूल्याङ्कन गर्ने, भुक्तानी गर्ने, जवाफदेहिता वहन गर्ने दायित्व प्रतिष्ठानकै हुनेछ । यसका लागि महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ । सम्झौता भएपछि ६० प्रतिशत (३० लाख रुपैयाँ) र कार्य सम्पन्न भइसकेपछि ४० प्रतिशत (२० लाख रुपैयाँ) प्रदान गरिने सम्झौतामा उल्लेख छ ।
प्रतिष्ठानले कार्ययोजना बनाउँदा सम्झौतामा उल्लेख भएको रकम बमोजिमको बनाउनु पर्नेछ ।

पातारासी गाउँपालिकाद्वारा २१७ योजना सम्पन्न

सशस्त्र प्रहरी बल रौतहटद्वारा पाँच करोड ७४ लाख मूल्यका सामान बरामद

ख्याकुवामा खानेपानीको पहुँच

सवारी साधन दुर्घटनामा मृत्यु

नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबर्टिक्सलगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरू)

आज जनै पूर्णिमा

चितुवापीडितलाई रु ३७ लाख

प्रतिक्रिया