नेकपा एसले आसन्न १०औं महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गने

काठमाडौँ - नेकपा एकीकृत समाजवादी (एस)ले पार्टीको आसन्न १०औं महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको छ ।
बिहीबार काठमाडौंमा सम्पन्न दस्तावेज मस्यौदा समितिको बैठकले महाधिवेशनमा समसामयिक राजनीतिक, पार्टीको आन्तरिक लगायतका विषय समेटेर एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
मस्यौदा समितिको बैठकपछि पार्टीभित्र कुनै पनि अलग अलग सोच नरहेको र सबैको भावनालाई समेटेर महाधिवेशनमा प्रस्ताव प्रस्तुत हुने उनको भनाइ छ । महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजलाई अन्तिम रुप दिनका लागि विभिन्न समूह बनाएर छलफल हुने प्रवक्ता खतिवडाले जानकारी दिए ।
दस्तावेजमा समाजवादी क्रान्तिको बाटोमा जानका लागि हुने चुनौती, रुपरेखा लगायतका बिषय समेटिने नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया