नेविसंघ महाधिवेशन पक्षधरको वृहत्त हस्ताक्षर अभियान

काठमाडौं - नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका महाधिवेशन पक्षधरले वृहत् हस्ताक्षर अभियान सुरू गरेका छन् ।
केही दिनअघि ९ बुँदे अपिल जारी गर्दै तोकिएको मितिमा नेविसंघको १२ औं महाधिवेशन गर्नुपर्ने माग गरेको उनीहरुले महाधिवेशन गराउन दबाब सृजना गराउने उद्देश्यले वृहत् हस्ताक्षर अभियान सुरु गरेका हुन् ।
गत मंगलबार महाधिवेशन पक्षधर मानिएका स्ववियु परिषद केन्द्रीय अध्यक्ष एवं नेविसंघ केन्द्रीय सदस्य निराजन नेपाल तथा नेविसंघ केन्द्रीय सदस्यहरू भानुभक्त जोशी, राज थेबे, दोर्ची शेर्पा, भुपेन्द्र थेबे, आकाश कार्की, एनपी जोशीलगायतले ९ बुँदे संयुक्त अपील जारी गर्दै तोकिएको मितिमा नेविसंघको १२ औं महाधिवेशन गर्नुपर्ने माग गरेका थिए ।
उनीहरूले हस्ताक्षर अभियान पनि जारी राखेका हुन् । नेविसंघको जारी केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिन बैठक प्रारम्भ अगाडिदेखि मुख्य प्रवेशद्वारमा ब्यानर टाँगेर नै वृहत् हस्ताक्षर अभियानको सुरु गरेका हुन् ।
बुधबार महाधिवेशन पक्षधर समूहले देशका विभिन्न जिल्लाबाट आएका केन्द्रीय सदस्यसँग सल्लाह गरेर बैठकलाई सफल बनाउन अपील गर्दै महाधिवेशन केन्द्रित ७ बुँदे एजेण्डा प्रस्तुत गरेर छलफल गरी पारित गरिनुपर्नेमा जोड दिएको छ ।
महाधिवेशन पक्षधर समूहले महाधिवेशनको विकल्प महाधिवेशन नै रहेको भन्दै तोकिएको मितिमै महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गर्दै आएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया