रसिया–युक्रेनको युद्धमा नेपालीलाई बचाउन माग गर्दै राप्रपाले गर्याे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं - प्रतिपक्षी दल राप्रपाले संसदमा जरुरी सार्वजनिक प्रस्ताव दर्ता गरेको छ । रसिया–युक्रेनको युद्धमा नेपालीलाई बचाउन माग गर्दै बिहीबार राप्रपाले जरुरी सार्वजनिक प्रस्ताव दर्ता गरेको हो ।
संघीय संसद् सचिवालयको कार्य व्यवस्था परामर्श समितिमा दर्ता गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा उल्लेख गरिएको छ, ‘नेपाली आमाका हजारौं राष्ट्र सपुतहरू विना कारण सीमित आर्थिक प्रलोभनमा परी रसिया र युक्रेन बीचको युद्धमा सहभागी गराइएको अन्तराष्ट्रिय जगतमै जघन्य अपराध ठानिने मानव तस्करी गरी युद्ध स्थलमा लगी सयौं घाइते र कयौंको मृत्यु भएको हुँदा यो नेपालको सार्वभौम प्रतिनिधि सभा, यस्तो जघन्य अपराधको विषयमा छलफल गर्नुपर्ने र सम्बन्धित मन्त्रालय र सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने अत्यन्त आवश्यक भएको हुँदा नेपाली आमाका छोराछोरीलाई ज्यान बचाउनको लागि जरुरी सार्वजनिक प्रस्ताव पेश गर्दछु ।’
प्रस्तावमा छलफल गर्नुपर्नाको कारण ‘हजारौं नेपाली आमाका सन्तानहरु विना कारण आज रसिया र युक्रेन बीचको युद्धमा मृत्यु हुनु परेको र युद्धमा फसेकाले तत्काल उद्धार गरिदिनु हुँन अत्यावश्यक भएकोले’ उल्लेख गरिएको छ ।
प्रस्तावकमा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन् भने समर्थकमा विना लामा, अनिशा नेपाली र वीना जैसवाल रहेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया