वैदेशिक रोजगारको प्रलोभनमा लाखौं ठगी गर्ने तीन पक्राउ

काठमाडौं - प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौं ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
२६ वर्षीय पुरमान भन्ने फरमान हवारीले निरज सेन्चुरी समेत चार जनालाई दुबई जान प्रतिव्यक्ति तीन लाख ५० हजार रूपैयाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित कम्पनीमा मासिक तलब ७० हजार रुपैयाँ हुने भनी पीडितहरूबाट पटकपटक गरी ११ लाख ६६ हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन बनेको प्रहरीले जनाएको छ।
स्थायी घर बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ भइ हाल काठमाडौं बस्ने हवारीलाई कागेश्वरी मनहरा नगरपालिका गोठाटारबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।
यस्तै, क्रोएसिया पठाउने भनी आठ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका ३२ वर्षीय हिराजन पन्त पक्राउ परेका छन्।
प्रहरीका अनुसार स्थायी घर तनहुँ ब्यास नगरपालिका–१० भइ हाल काठमाडौं सामाखुशी बस्ने पन्तले समिर आचार्यलाई क्रोएसिया जान नौ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि प्याकिङको काममा मासिक तलब एक लाख ५० हजार हुने भनी प्रलोभनमा पारेका थिए।
यसैगरी, मलेसिया पठाउने भनी दुई लाख दश हजार रुपैयाँ लिई सम्पर्क विहीन बनेका ३७ वर्षीय अस्मिता कार्की पक्राउ परेका छन्।
प्रहरीका अनुसार स्थायी घर सिन्धुली कमलामाई नगरपालिका–११ भइ हाल काठमाडौं गोकणेश्वर बस्ने कार्कीले कान्छा बल समेत तीन जनालाई मलेसिया जान प्रतिव्यक्ति तीन लाख ५० हजार रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब ६० हजार रुपैयाँ हुन्छ भनी प्रलोभनमा पारेका थिए।
निजहरु माथि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया