संसद्मा नभएका मान्छे असार १५ गते प्रधानमन्त्री बन्छु भन्दै हिँडेका छन् : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा एकसिट पनि नभएका व्यक्तिहरू प्रधानमन्त्री बन्छु भन्दै हिँड्ने गरेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफु पनि असार १५ गते प्रधानमन्त्री बन्छु भन्दै एकसिट पनि नभएका व्यक्तिहरू हिँड्ने गरेको बताएका हुन् ।
ओलीले एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई संकेत गर्दै यस्तो बताएका हुन् । समाजवादी पार्टीले थ्रेसहोल्ड नकटाएपछि राष्ट्रिय दलको मान्यता पाएको छैन । गठबन्धन सरकारमा आलोपालो प्रधानमन्त्री हुने केही समयअघि समाचारहरू सार्वजनिक भएको थियो ।
अहिलेको परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न नसक्ने अवस्था रहेको उनले बताए । उनले एमाले त्यस्ताभित्र पर्ने पार्टी नभएको र आफ्नो दृष्टिकोण र इतिहास बोकेको पार्टी भएको प्रष्ट पारे ।
अध्यक्ष ओलीले अहिलेको देशको अर्थतन्त्रलाई कोभिडले प्रभाव पारेको छ भन्नु गलत भएको भन्दै अर्थतन्त्र ओरालो लाग्नुको कारण वर्तमान गठबन्धन सरकार नै भएको आरोप लगाए ।
उनले सिर्जन संस्कृतिको विकासको लागि पठन संस्कृतिको विकास आवश्यक रहेको धारणा राखे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया