२०२० मा दुआ लिपा बनिन् बेलायतमा सबैभन्दा धेरै बज्ने कलाकार

लन्डन : दुआ लिपा बेलायतमा सबैभन्दा धेरै बज्ने कलाकार घोषित भएकी छिन् । रेडियो तथा टेलिभिजनमा बज्ने गीतको आधारमा दुआले बेलायतमा सन् २०२० मा सबैभन्दा धेरै सुनिने कलाकार बनेकी हुन् । दुआको गत वर्ष ‘फ्युचर नोस्टाल्जिया’ शीर्षकको एब्लम सार्वजनिक भएको थियो ।
दुआले यो उपलब्धि एड सरिनलाई पछि पार्दै हात पारेकी हुन् । सन् २०१७ यता हरेक युकेको चार्टमा एड सरिनले पहिलो स्थान कब्जा गर्दै आएका थिए ।
दुआका ‘फिजिकल’ र ‘डन्ट स्टार्ट नाउ’ वर्षभरी नै युकेको चार्टमा कब्जा जमाएर बसेका थिए ।
टेलिभिजन तथा रेडियोमा बज्ने गीतको रेकर्ड राख्ने पिपिएलका अनुसार चार्टमा एड सरिनले दोस्रो स्थानमा कब्जा जमाएका छन् । तेस्रो र चौथोमा भने क्रमशः एरियाना ग्रान्डे र साम स्मिथ छन् । विश्वभरि नै प्रशस्त फ्यान रहेका जस्टिन विबर भने आठौं स्थानमा छन् ।
दुआको यो एल्बम अघिल्लो वर्षको मार्चमा सार्वजनिक भएको थियो । लगत्तै विश्वभरि नै लकडाउन भएकाले क्वारेन्टाइनको समयमा दर्शक तथा स्रोताले यो गीत धित मर्ने गरी सुनेका थिए । कलाकार तथा दुआले पहिलो स्थान जमाएको भए पनि गीतको मात्रै कुरा गर्दा भने दि विकेन्डको ‘ब्लिन्डिङ लाइट्स’ गत साल सबैभन्दा धेरै बज्ने गीतको रुपमा रेकर्ड भएको थियो ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया