चीन-अमेरिका व्यापार बलियो बनाउन चिनियाँ उपराष्ट्रपतिको आग्रह

बेइजिङ- चिनियाँ उपराष्ट्रपति हान झेङले शुक्रबार चीन र संयुक्त राज्य अमेरिकाका व्यापारिक व्यक्तित्वहरूसँग भेटघाट गरेका छन् । सो अवरसमा उनले दुई देशका व्यापारिक संयन्त्रलाई मित्रता र आपसी विश्वासको जग बलियो बनाउन र सहयोगका क्षेत्रहरू थप विस्तार गर्न आह्वान गरेका छन् ।
बेइजिङमा आयोजित अमेरिकी चेम्बर अफ कमर्स इन द पिपल्स रिपब्लिक अफ चाइनाको वार्षिक प्रशंसा भोजलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
यस वर्ष चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सव भएको स्मरण गर्दै हानले दुई देशका व्यापारिक सर्कलहरू द्विपक्षीय सहयोगका सहभागी, साक्षी र योगदानकर्ता रहेको र भविष्यमा पनि उनीहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।
उपराष्ट्रपतिले चिनियाँ अर्थतन्त्रमा बलियो लचिलोपन, सम्भावना र थुप्रै ठाउँ रहेको र नयाँ सम्भावनाका साथ अझै बढिरहेको बताएका छन् ।
चीनले उच्च स्तरमा खुलापन विस्तार गर्ने, विदेशी लगानीको पहुँचको नकारात्मक सूचीलाई घटाउने, विदेशी उद्यमहरूलाई प्रभावकारी रूपमा राष्ट्रिय व्यवहारको ग्यारेन्टी गर्ने र बजारमुखी, कानुनमा आधारित र अन्तर्राष्ट्रिय व्यापार वातावरणलाई थप अवसरहरू उपलब्ध गराउने छ ।
उपराष्ट्रपति हानले थप अमेरिकी कम्पनीहरूलाई चीनमा लगानी गर्न आग्रह गरेका छन् । सिन्ह्वा

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

अमेरिकामा धार्मिक लगानीमा सार्वजनिक विद्यालय निर्माण गर्न रोक

प्रतिक्रिया