महाधिवेशनमा प्रस्तुत गर्न एकीकृत समाजवादीले थाल्याे दस्तावेज लेखन

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठमा हुने पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्न दस्तावेज लेखन थालनी गरेको छ ।समाजवादी कार्यक्रमको संरचनासहितको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन यही फागुन मसान्तभित्र सम्पन्न गर्ने गरी दस्तावेज लेखन सुरु भएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिक प्रतिवेदनको जिम्मेवारी तोकिएको छ भने सम्मानित नेता झलनाथ खनाललाई समाजवादी कार्यक्रम, उपाध्यक्ष डा बेदुराम भुसाललाई पार्टी विधान र महासचिव घनश्याम भुसाललाई सङ्गठनात्मक प्रस्ताव संयोजनका लागि कार्यविभाजन गरिएको छ । दस्तावेज लेखनका लागि आवश्यकतानुसार सम्बन्धित नेताको समेत सहयोग लिन सक्ने व्यवस्था गरिएको छ ।
सबै दस्ताबेजका मस्यौदामाथि छलफल गर्न यही फागुन २७ गते बैठक राखिएको छ । चारवटै विषयमा प्रतिवेदन तयार भएपछि एकीकृत गरेर महाधिवेशनमा एउटै दस्तावेज लैजाने जनाइएको छ । महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीको समाजवादी कार्यक्रमको सैद्धान्तिक दृष्टिकोण, वर्तमान सङ्कटको वस्तुगत विश्लेषण र समाधानका लागि सङ्गठनात्मक कार्यदिशाबारे दस्तावेजमा समावेश गरिने समझदारी गरिएको छ ।
सचिव श्रेष्ठका अनुसार मस्यौदामाथि सुझाव संकलन गर्न मस्यौदा जिल्ला तहका कार्यकर्तालाई पठाइसकेको छ । उहाँहरूका सुझाव समावेश गरी तयार गरिने दस्तावेजमा पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, आगामी दिनमा सञ्चालन गर्ने राजनीतिक गतिविधि, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका आधारमा रणनीति दस्तावेजमा समावेश गरिने छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया