विवाहकाे निमन्त्रणा ‘कार्ड’मै बुेहुला–बेहुलीको जन्ममिति अनिवार्य

त्रिवेणी - रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ । वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको छ । आठबीसकोट–३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको जानकारी दिए ।
उनले वडामा बालविवाहसँगै मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न पहल थालिएको बताए । विवाहका अवसरमा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग हुने भएकाले वडाले विवाह कार्डमै मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने÷नगराउने प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था लागू गरेको उनले बताए ।
वडामा यस वर्ष १० जोडीले बालविवाह गरेको तथ्यांक रहेको छ । यस वर्ष उमेर नपुगेर विवाह गर्न लागेका एक जोडीको विवाहसमेत वडा कार्यालयले रोकेको जनाएको छ । सामाजिक तथा आर्थिकरूपमा पनि बालविवाहले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले वडामा बालपिववाह र मदिराजन्य पदार्थमा कडाइ गरिएको वडाध्यक्ष विकको भनाइ थियो ।
“विवाह कार्डमा जोडीको सही जन्ममिति उल्लेख गरे÷नगरेको थाहा पाउन वडा कार्यालयमा जन्मदर्तालगायत अन्य विवरणको अभिलेख हुने भएकाले सजिलो छ । वडाभन्दा बाहिरबाट विवाह गर्नेको हकमा सम्बन्धित वडा कार्यालयसम्म समन्वय गर्नेगरी लागेका छौँ । बालविवाह रोक्न समुदायको पनि राम्रो साथ मिलेको छ”, वडाध्यक्ष विकले भने । वडाको नियम उल्लंघन गरेमा कानुनबमोजिम कारबाही गरिनेसमेत वडा कार्यालय जनाएको छ । रासस
अन्नपूर्ण हिमालको आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली संगीत’
_KBOLezfD8r_801b1ilnqfhcwhoywqzv8oacq9fdv1wkatlvs4mhxmyidbatfgq0x0lwtu9p_0ASycT024I_vypofkyvadmlboo6cbsond8zpvz5cmbvuezszn6v6lziwlvashwzbbgfdhjt_C9NYxnkSTR_32qg0wclu9x9szfkc867wr8h49b1r0srph7afeykfe4ap9ykyb9swema0ron.jpg)
चल्न थाले सार्वजनिक यातायात

आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

कहाँ-कहाँ छ आज पानी पर्ने सम्भावना ?

आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारी वार्ता टोलीबीच १४ बुँदे सहमति

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका विजेता थाइल्याण्ड जाँदै

प्रतिक्रिया