ईले भनेः ढाट्न र छल्न कोही कसैले सिकुन मेयर बालेनबाट

काठमाडौँ- सामाजिक अभियन्ता ई ले कसैले ढाट्न वा छल्न बालेन शाहबाट सिकुन भनेर बताएका छन् । शनिबार सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले नगर प्रहरीमाथि एमालेका राजनीतिकर्मीले सुरूमा आक्रमण गरेको आरोप लगाएका थिए ।
‘हाम्रो नगर प्रहरीले प्रहरीको अधिकार प्रयोग गरेको होइन, आत्मरक्षा र प्रतिवादका लागि मानवअधिकारको प्रयोग गरेका हुन् । तपाईंले हेर्नुभएको भिडिओ दोस्रो हाफ हो, पहिलो हाफलाई राष्ट्रिय सरकारले मेटाएको छ,’ उनले लेखेका थिए ।
‘पहिलो कुरा, बुधबार राती त्यत्रो ठूलो सङ्ख्यामा लठ्ठी बोकेका नगर प्रहरी, कति त सादा पोशाकमा, किन त्यहाँ उपस्थित थिए? उनले प्रश्न गर्दै भनेका छन्,’ भ्यानमा कोचेर आधा शहर डुलाएर बूटलठ्ठी बजार्नपाइन्छ? बेलुका ७ बजेपछि दुईछाक टार्न सडक छेउँ बस्ने सडक व्यापारीले नगर प्रहरीलाई कुटेर के फाइदा? ‘
असोजको सहमतिपछि केही महिनासम्म त्यहाँ बेलुकाको समय व्यापार गर्न दिँदा समस्या नभएको बताएका छन् ।
सडक व्यवसाय गर्ने व्यक्तिहरूको आआफ्नो राजनीतिक आस्था र केहिको ट्रेडयुनियन आबद्धता रहने पनि ईले उल्लेख गरेका छन् ।
‘ एमाले, कांग्रेस, माओबादी, रास्वपा, राप्रपा, केही त बालेनकै चुनावमा पनि लागेका थिए । त्यो हुँदैमा ती मान्छे मान्छेनै भएनन्? तिनको पीडा पीडानै भएन? खाली निषेध र निर्दलीय सोचले हामीलाई कहाँ पु-याउँछ भन्ने सर्वविदितै छ,’ उनले अगाडि थपेका छन् ।

पातारासी गाउँपालिकाद्वारा २१७ योजना सम्पन्न

सशस्त्र प्रहरी बल रौतहटद्वारा पाँच करोड ७४ लाख मूल्यका सामान बरामद

ख्याकुवामा खानेपानीको पहुँच

सवारी साधन दुर्घटनामा मृत्यु

नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबर्टिक्सलगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरू)

आज जनै पूर्णिमा

चितुवापीडितलाई रु ३७ लाख

प्रतिक्रिया