अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभाका यी २० सांसद आजबाट बिदा हुँदै

काठमाडौं - राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको आइतबार (आज)बाट पदावधि सकिएर बिदा हुँदै छन् । जसमध्ये दुई राज्यमन्त्रीसमेत छन् । आइतबार मध्यरातिबाट उनीहरुको पदावधि सकिन लागेको हो ।
अध्यक्ष तिमिल्सिनासहित पहिलोपटक गोला प्रथाबाट ६ वर्षे कार्यकाल निर्धारण भएका अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजङ्ग रायमाझी, इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरव सुन्दर श्रेष्ठ, रामचन्द्र राई, विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी, प्रमिला कुमारी, नन्दा चपाई, सिङ्गबहादुर विश्वकर्मा, डा. खिमलाल देवकोटा आइतबारबाट बिदा हुन लागेका हुन् ।
प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री हुन् भने नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री हुन् ।

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

प्रतिक्रिया