परराष्ट्रमन्त्री साउद फिनल्यान्ड भ्रमणमा जाने

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद यही फागुन २२ देखि २३ गतेसम्म फिनल्यान्डको राजधानी हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जाने भएका छन् ।
संयुक्त राष्ट्रसंघीय अल्पविकसित राष्ट्रहरूको दोस्रो ‘फ्युचर फोरम’मा सहभागी हुन उनी आज राति त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।
परराष्ट्रमन्त्रीले अल्पविकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय समूहको अध्यक्षका रूपमा फागुन २२ गते मञ्चको प्रारम्भिक सत्रलाई सम्बोधन गर्नेछन् ।
साथै उनले ‘संरचनागत रूपान्तरण तथा नवप्रवर्तनका लागि रणनीतिक तीव्रता’ विषयक मन्त्रिस्तरीय संवादमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अल्पविकसित देशहरूको दिगो विकासका निम्ति प्रविधि, ‘डिजिटाइजेसन’ एवं नवप्रवर्तनका माध्यमबाट संरचनागत रुपान्तरणमा सघाउन अल्पविकसित राष्ट्र तथा भूपरिवेष्टित एवं साना टापु राष्ट्रका लागि राष्ट्रसंघीय प्रतिनिधिको कार्यालय र फिनल्यान्ड सरकारले संयुक्त रूपमा उक्त बैठकको आयोजना गरेका हुन् ।
बैठकका क्रममा परराष्ट्रमन्त्रीले फिनल्यान्डका परराष्ट्रमन्त्री एलिना भोल्टोनेनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

प्रतिक्रिया