नेपालपे क्युआरबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका

काठमाडौँ- अब ग्राहकहरूले NEPALPAY QR स्क्यान गरी बिगमार्टको पोखरामा हालै खोलिएका पाँचवटा स्टोरहरूमा भुक्तानी गर्दा बम्पर उपहारमा एक थान हिरो स्कुटर जित्न सक्नेछन् । उक्त अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पर्स्याङ्ग स्टोरहरूमा फाल्गुन १९ बाट चैत्र १७ गतेसम्म उपलब्ध रहेको छ ।
पोखरामा रहेका बिगमार्टका स्टोरहरूमा रु ७५० भन्दा माथिको सामान खरिद गर्दा स्टोरमा रहेको Dynamic QR स्क्यान गरी भुक्तानी गरी उक्त अफरको लाभ उठाउन सकिनेछ । ग्राहकहरूले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरूको मोबाइल बैंकिङ्ग, वालेटहरू वा कनेक्टआईपीएस प्रयोग गरी NEPALPAY QR स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
NEPALPAY QR नेशनल पेमेन्ट स्वीच अन्तर्गत QR भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वाधार हो । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूले NEPALPAY QR मा ४ लाख ६५ हजार र SMART QR को २ लाख ५० हजार समेत गरी ७ लाख १५ हजारभन्दा बढी मर्चेन्टहरू आबद्ध गरेका छन् ।
थप जानकारीको लागि बिगमार्टको आधिकारिक सामाजिक सञ्जाल वा www.nchl.com.np मा जानुहोस् ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_rUAFdz67Hf_ygvsqzco9xevinwh9ymtvgtgsqknnxbuk1tmb7ndjqkzpyagya0t7bxuwdi1.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया