म्यानचेस्टर युनाइटेडमाथि सिटीको शानदार जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित हात पारेको छ ।
आइतबार राति सम्पन्न म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।
मार्कस रासफोर्डले ८ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएपनि सिटीले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो ।
५६ औँ तथा ८० औँ मिनेटमा फिल फोडेनले लगातार दुई गोल गरे भने अर्लिङ हालान्डले इन्जुरी समयमा एक गोल थपे ।
जितसँगै सिटीले २७ खेलबाट ६२ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको २७ खेलमा ६३ अंक छ ।
म्यानचेस्टर युनाइटेड भने २७ खेलबाट ४४ अंक जोडेर छैटौं स्थानमा छ ।

नेपाली महिला टोली आज साउदीसँग भिड्दै

एनपीएल अक्सन : १५० खेलाडीको अन्तिम सूची घोषणा

नेपाली महिला फुटबल टोली आज भुटानसँग भिड्दै

मैत्रीपुर्ण खेलमा टोटनहम र न्युक्यासल बराबरीमा

नेपाली यु-२० महिला रग्बी टोली घोषणा, २२ गते भारत जाने
ताप्लेजुङ गोल्डकप साउन अन्तिम सातादेखि

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

प्रतिक्रिया