सत्ता गठबन्धन फेरबदल अनपेक्षित : कांग्रेस
काठमाडौँ- नेपाल कांग्रेसले सत्ता गठबन्धन फेरबदल अनपेक्षित भएको निष्कर्ष निकालेको छ ।
सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सहज रूपमा सरकार चलिरहँदा प्रधानमन्त्रीबाट भएको सत्ता गठबन्धन फेरबदलको घटना अनपेक्षित भएको निष्कर्ष निकालेको हो । यस विषयमा मंगलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने र आवश्यक निर्णय गर्ने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनले निर्वाचनमा कसैको बहुमत नआएको अवस्थामा सहकार्यको राजनीति पर्याप्त रूपमा विकसित हुन नसकेकाले यस्तो घटना घट्ने गरेको बताए । गठबन्धनलाई चलाउने सन्दर्भमा परिपक्वता नदेखिएको उनको भनाइ छ ।
शर्माले मन्त्रीहरूबाट असहयोग गरेको प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा कांग्रेसलाई जानकारी नभएको बताए । प्रधानमन्त्रीलाई दिएको विश्वासको मतका बारेमा पनि केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गर्ने उनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया