कोभिड कहर : ओहोदाको प्रमाणपत्र पनि भर्चुअल
बेलायती महारानीले विगतमा गरेको दुई भ्रमणको स्मरण गरिन्

काठमाडौँ : नेपालको सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुकमा नेपाली राजदूत आफैँ उपस्थित भएर ओहोदाको प्रमाणपत्र बुझाउन पाएनन् । त्यसको कारण कुनै कूटनीतिक लविङ वा राजदूतको अक्षमता होइन । राजदूतको क्षमता माथि प्रश्न त छ तर त्यहाँ अहिले ओहोदाको प्रमणपत्र बुझाउने काम भने भर्चुअल माध्यमबाट भएको छ । हेर्दै अनौठो लाग्ने शैलीमा ।
राष्ट्रप्रमुखसँग भेटेर जुन आत्यिता साट्ने काम हुन्थ्यो, कूटनीतिक कौशलता भएका राजदूतमा त्यो हुन पाएन । परराष्ट्र अधिकारी नै भन्छन, ‘उहाँलाई त भेटेको भन्दा यसरी नै बुझाएकै राम्रो होला । आफूले प्रस्तुती दिनुपर्छ भनेर प्रशिक्षणमा त नआएका व्यक्ति ।’ कोभिडको कारण टिठलाग्दो शैलीमा ओहोदाको प्रमाण पत्र बुझाएको तस्बिर बेलायत स्थित नेपाली दूतावासले नै बाहिर ल्याएको छ ।
लोकदर्शन रेग्मी बेलायतका लागि नेपालको २१ औं राजदूतका हुन् । उनले राजदूतको जिम्मेवारी सम्हाल्दै आएको सात महिनापछि ओहोदाको प्रमणपत्र बुझाउने पालो त पाए तर भर्चुअल । उनले बुधबार ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । उनले ओहोदाको प्रमाणपत्र बुझाएको तस्विर सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
बुधबार लन्डनको बकिंघम प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत रेग्मीले ‘भर्चुअल’ माध्यमबाट आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । समारोह बकिंघम प्यालेसबाट विन्जर क्यासलमा भिडियो लिंकमार्फत प्रमाणपत्र बुझाउने काम भएको हो । महारानी एलिजाबेथ हाल विन्जर क्यासलमा बस्दै आएकी छन् । औपचारिक रूपमा कार्यक्रम हुँदा बकिंघम दरबारमा नै ओहोदाको प्रमाणपत्र बुझाउने र आफ्नो कुरा शेयर गर्ने गरिन्थ्यो ।
उक्त समारोहमा रेग्मीले महारानी एलिजावेथ समक्ष राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश पढेर सुनाएका थिए । त्यो दृष्य सामाजिक सञ्जालमा देख्नेहरूले कोभिडको कहर अनि प्रमाणपत्र पनि भिडियो कन्फरेन्सबाट भन्दै लेखिरहेका छन्, ‘कस्ता दिन आए । त्यस्तो कार्य नगरी फोटोकपी बुझाएर अनि अवस्था सामान्य भएपछि भेटेर नै बुझाए हुँदैन थियो र ?’
सुनाइएको दुवै सन्देशमा महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको सम्वृद्धिको कामना गरेका थिए । ओहोदाको प्रमाण पत्र बुझ्दै महारानीले राजदूतलाई बधाई तथा सफल कार्यकालको शुभकामना रेग्मीलाई दिएकी थिइन् ।
महारानीले नेपालमा आफूले गरेको दुई भ्रमणको समेत स्मरण गर्दै बेलायत र नेपालबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताएकी थिइन । नेपालको विकासमा सहयोग गर्ने बेलायत सरकारको प्राथमिकता रहेको बताइन् । महारानीले नेपालमा कोभिड संक्रमण र खोपको अवस्थाबारे चासो व्यक्त गर्दै बेलायतको सहयोग रहने बताएको नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया