नयाँ गठबन्धन कम्युनिष्ट एकताको आधार बन्ने विश्वास

धुलिखेल- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पार्टीका बागमती प्रदेश इन्चार्ज अग्निप्रसाद सापकोटाले देशको परिवर्तित राजनीतिक अवस्थाले विगतको बृहत्तर कम्युनिष्ट एकताको प्रयासलाई पूरा गर्ने आधार बनेको बताएका छन् ।
सहिद सप्ताहको अन्तिम दिन देशको राजनीतिक अवस्थाले कोल्टे फेरेको र आज बनेको नयाँ गठबन्धनले केही वर्षअघिको बृहत्तर राजनीतिक एकताको प्रयासलाई सार्थक पार्ने आधार बनाउने विश्वास व्यक्त गरे ।
'पहिला कम्युनिष्ट पार्टीको एकता भएपनि त्यसलाई रक्षा गर्न सकिएको थिएन अहिले त्यस बेलाको अवस्थाको गम्भीर समीक्षासहित अगाडि बढ्न तथा एकतालाई अटुट राख्न सहयोग पुग्नेछ,' नेकपा (माओवादी केन्द्र) का जनवर्गीय सङ्गठन तथा मोर्चाले संयुक्त रूपमा आयोजनामा काभ्रेपलाञ्चोकको बनेपामा आज भएको ‘सहिद परिवार सम्मान तथा व्यवस्था परिवर्तनमा बलिदानको महत्व’ विषयको छलफलमा भने ।
संविधानको प्रस्तावनामा उल्लेख भएको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद उन्मुख राज्यव्यवस्थालाई आजको नयाँ गठबन्धनलाई ‘कोर्स करेक्सन’ भन्दै उनले त्यस दिशातर्फ अगाडि बढ्ने आधार तयार भएको बताए ।
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीका अध्यक्ष एवं प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले आफन्तजनहरू गुमाएर अहिलेको व्यवस्था प्राप्त गरेको उल्लेख गर्दै सहिद परिवारलाई विचलित नहुन आग्रह गरे ।
नेकपा (माओवादी केन्द्र) का काभ्रे जिल्ला संयोजक भोला अर्यालले सहिदको सपना पूरा गर्ने भन्दा पनि आफ्नो सपना पूरा गर्नेतर्फ नेताहरू लागेका आरोप लगाए । सहिद परिवारका सदस्य राजकुमार तामाङले अहिलेको परिवर्तन सहिदहरूको बलिदानीबाट भएको बताउँदै सहिद परिवारको भावनालाई सम्बोधन गर्न आग्रह गरे ।
माओवादी केन्द्रले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया