बिहीबार २८ चैत, २०८१
Thursday, April 10, 2025

श्रृंगलाको नेपाल भ्रमणको पूर्वसन्ध्यामा खोलियो सबै देशमा अन्तर्राष्ट्रिय उडान

पार्टी प्यालेस र जीम हल खोल्न पनि सीसीएमसीले दियो अनुमति

काठमाडौँ : भारतीय विदेश सचिव हर्षवर्दन श्रृंगलाको नेपाल भ्रमण हुँदैगर्दा भारतलगायतको मुलुकमा ब्यवसायीक उडान खुला गर्ने निर्णय सरकारले गरेको छ । कोभिड-१९ को संक्रमणपछि अन्य मुलुकमा उडान खुलाएको भएपनि सरकाले भारतमा अझै खुला गरेको थिएन । तर, भारत सरकारले लगातार उडान खुलाउन आग्रह गर्दै आएको थियो । नेपाल भारत सम्बन्ध सुधारको कूटनीतिक खुड्किलोको रुपमा पहिलो चरणमा उडान सुरूवात हुनुलाई लिइएको छ ।

कोभिड-१९ का कारण रोकिएका अन्तराष्ट्रिय उडान खुला गर्ने कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्णयसँगै भारतमा पनि उडान खुला गर्ने बाटो संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई मिलेको छ । मुलुक अव प्रि कोभिडको अवस्थामा पुगे झै विश्लेषण गर्दै सीसीएमसीले यस्तो निर्णय लिएको जानकारी दिइएको छ ।

काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यका नगर प्रमुखहरूले निषेधाज्ञाको सिफारिस गरिरहँदा सीसीएमसीले यस्तो निर्णय लिएको हो । संक्रमणको प्रभाव उच्च रहेको सीमित स्थानलाई सिल गरी सेवा सञ्‍चालन गर्ने विषयमा छलफल भएको तर त्यस्तो कुनै निर्णय नभएको अधिकारीहरूले बताए ।

सीसीएमसी निर्देशक समितिको मंगलबारको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि उडान खुला गर्ने निर्णय लिएको हो । तर, ति मुलुकको कोभिड संक्रमणको जोखिमको अवस्था मूल्यांकन भने सरकारले गरेर निर्णय लिने भनिएको छ ।

नागरिक उड्यन मन्त्रालयले नियमित उडानको अनुमति दिन निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए । उनले भने, ‘संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकता अनुसार क्रमैसँग मन्त्रालयले अनुमति दिनेछ ।’ सीसीएमसीले पार्टी प्यालेस र जीम हलहरू पनि सुरक्षित रुपमा संचालन गर्न पाउने निर्णय गरेको एक सहभागिले जानकारी दिए । यद्यपी यो विषय मन्त्रिपरिषद्‍मा जान्छ या जाँदैन स्पष्ट छैन । यो निर्णयसँगै मुलुक पूर्णत प्रि-कोभिडको अवस्थामा पुगेको छ ।  

सरकारी कार्यालयमा केही कर्मचारीलाई संक्रमण देखिने वित्तिकै कार्यालय बन्द गर्ने नपाउने निर्णय पनि सीसीएमसीले लिएको छ । संक्रमित व्यक्तिहरूलाई आइसोलेसनमा राखेर नै सेवा दिनपर्ने भनिएको छ । पार्किङको व्यवस्था गर्ने भनिए पनि सवारी संचालनको लागि लिएको जोर विजोरको विषयमा भने सीसीएमसी मौन रहेको छ । 

उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

जनताले महसुस गर्ने गरि काम गरौं,प्रचारबाजीका लागि होइन : उपप्रधानमन्त्री सिंह

जनताले महसुस गर्ने गरि काम गरौं,प्रचारबाजीका लागि होइन : उपप्रधानमन्त्री सिंह

महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्छ : राष्ट्रपति पौडेल

महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्छ : राष्ट्रपति पौडेल

महावीरको जीवनले अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिन्छ : उपराष्ट्रपति यादव

महावीरको जीवनले अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिन्छ : उपराष्ट्रपति या…

सेवाग्राहीसँग असल व्यवहार, नम्र र शिष्ट रुपमा प्रस्तुत हुनुः गृहमन्त्री लेखक

सेवाग्राहीसँग असल व्यवहार, नम्र र शिष्ट रुपमा प्रस्तुत हुनुः गृहमन्त्री लेखक

कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा थप टेवा पुग्ने

कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा थप टेवा पुग्ने

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

पाणिनि क्षेत्रलाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकास गरिनेछ : प्रधानमन्त्री

पाणिनि क्षेत्रलाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकास गरिनेछ : प्रधानमन्त्री