बालुवाटारबाटै माधव नेपाललाई ओलीको फोन : मेरो कुरा प्रधानमन्त्रीज्यूलाई भनेर पठाएको छु
काठमाडौँ- लामो समयपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच फोन संवाद भएको छ । सोमबार साँझ बालुवाटारबाट ओलीले नेपाललाई फोन गरेका हुन् ।
ओली र नेपालको फोन संवाद हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत माओवादी र एमालेका नेताहरू पनि सँगै थिए ।
कांग्रेससँग सत्ता गठबन्धन तोडेर एमालेसँग मिलेर सरकार बनाएका प्रधानमन्त्री प्रचण्डले समाजवादीलाई पनि सरकारमा समेटेर लैजानुपर्ने प्रस्ताव गरेका थिए । लामो छलफलपछि समाजवादीलाई सरकारमा समेट्ने प्रचण्डको प्रस्तावमा सहमति जनाएका ओलीले नेता नेपाललाई आश्वस्त पार्न फोन गरेका थिए ।
ओली र नेपालको फोन संवाद हुँदा सँगै रहेका एक नेताका अनुसार सुरूमा ओलीले नेपालले स्वास्थ्यलाभको कामना गरेका थिए । आफू आउन नभ्याएकाले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी आउन लागेको ओलीले नेपाललाई जानकारी दिएका थिए । आफ्नो कुरा प्रधानमन्त्री प्रचण्डलाई भनेर पठाएको ओलीले नेपाललाई भनेको ति नेताले बताए । ओलीले प्रधानमन्त्री प्रचण्डले गर्ने कुरामा आफ्नो पनि सहमति रहेको नेपाललाई भनेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया