२१ लाखसहित हुण्डी कारोबारमा संलग्न पाँच जना पक्राउ

बारा- बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई २१ लाखसहित पक्राउ गरेको छ ।
प्रहरीले गत शुक्रबार र आइतबार गरि दुईपटकमा २१ लाखसहित हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेको हो ।
प्रहरीले कलैया उपमहानगरपालिका-६ स्थित अस्पताल रोडबाट भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा रञ्जित सर्राफले लुकाएर ल्याउँदै गरेको अवस्थामा गत शुक्रबार करिब पाँच लाखसहित पक्राउ गरेको थियो ।
प्रहरीले भारत विहार राज्य मोतिहारी जिल्ला थाना हरपुर पंचायत हरपुर ग्राम नायक बस्ने २९ वर्षीय रञ्जित सरार्फसहित कलैया उपमहानगरपालिका-४ स्थितमा मनि चेन्जर सञ्चालकसमेत रहेका कलैया उपमहानगरपालिका-७ बस्ने ३१ वर्षीय कलामुदिन अंसारी र अर्का मनि चेन्जरका सञ्चालक बारा महागढीमाई नगरपालिका-१ घर भएका ३९ वर्षीय मेराजुल हक अंसारीलाई पक्राउ गरेको थियो ।
यस्तै प्रहरीले आइतबार पुनः विशेष सूचनाको आधारमा विश्रामपुर गाउँपालिका-१ स्थित छत्वा कलयाणपुर सुलिगेटबा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआरओसार ३५०९ नम्बरको भारतीय मोटरसाइकलकम सवार भारत राज्य बिहार मोतिहारी जिल्ला ग्राम स्मयपुर बस्ने ४२ वर्षीय कृष्ण लालप्रसाद र सोही स्थानका ग्राम अरेरा बस्ने ४० वर्षीय रवि शंकर सिंहलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूबाट १६ लाख नौ हजार रूपैयाँसमेत बरामद गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरोश काफ्ले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई अनुसनधान गर्ने क्रममा उनीहरूबाट कुनै पनि बैंकको इजाजत नभएको पाइएपछि प्रहरीले हुण्डी कारोबार हुन सक्ने भन्दै अनुसनधान गर्दा सुरु गर्यो ।
त्यसपछि प्रहरीले गरेको अनुसनधानमा मलेसियामा रहेका नेपालीहरूले मासिक तलब त्यहाँबाट भारत हुँदै नेपाल भित्रिएको खुल्न आएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक काफ्ले जानकारी दिए । उनका अनुसार हुण्डी कारोबारबाट पक्राउ परेकाहरूले करोडौँको कारोबार भएको समेत देखिएको बताएको छ ।
पक्राउ परेकाहरूलाई बैंक तथा वित्तिय संस्था सम्बन्धिको कसूर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसनधान कार्य भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया