निजामती कर्मचारी विधेयकः औषधि उपचारका लागि स्वास्थ्य बीमा योजना लागू गर्न प्रस्ताव

काठमाडौँ- सरकारले निजामती कर्मचारी विधेयक संसदमा पेश गरेको छ। विधेयकमा निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारका सदस्यको औषधि उपचारको लागि स्वास्थ्य बीमा योजना लागू गर्ने व्यवस्था उल्लेख छ।
विधेयकमा प्रचलित कानुनबमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बिमा योजना लागु गर्ने उल्लेख छ ।
यस्तै नेपाल सरकारले निजामती कर्मचारीलाई जग्गा खरिद तथा आवास निर्माणका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन आवश्यक व्यवस्था गर्न सक्ने उल्लेख छ ।
तर यस्तो सुविधा निजामती कर्मचारीले सेवा अवधिभर एकपटक मात्र लिन सक्नेछ । नेपाल सरकारले निजामती कर्मचारीको आवास सुविधाको लागि कर्मचारी सञ्चय कोष वा सामाजिक सुरक्षा कोषसँग आबद्ध गरी आवास कार्यक्रम लागु गर्न सक्ने उल्लेख छ।

साउन १६ लाई ‘राष्ट्रिय कोदो दिवस’ का रूपमा मनाउने सरकारको निर्णय

‘बालश्रम निवारणका लागि अभिमुखीकरण आवश्यक’

१० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

पूर्वाञ्चल विश्वविद्यालयको सभा, एक अर्ब ७० करोड बजेट स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ३६ करोड बजेट स्वीकृत

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

आवश्यकताअनुसारकै चलचित्र ऐन बन्ने

प्रतिक्रिया