त्रिशुलीमा बस खस्यो : ६ जनाको मृत्यु

काठमाडौँ- लुम्बिनीबाट काठमाडौँ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौँ आउँदै गरेको बस आज बिहान करिब ५ बजे धादिङको गजुरीको घाटबेशीस्थित त्रिशुली खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ ।
गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरका अनुसार उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी छ ।
दुर्घटनामा २७ जनाभन्दा बढी घाइते भएका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयले स्थानीयले उद्धार गरिरहेका छन् ।
सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् ।
बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबर्टिक्सलगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरू)

आज जनै पूर्णिमा

चितुवापीडितलाई रु ३७ लाख

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

छोरीको कलायात्राले चित्रकार बनेकी कृपा

सप्तरीमा बेवारिसे अवस्थाको ३९६ केजी गाँजा बरामद

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी चलाउन बन्द

प्रतिक्रिया