पाकिस्तानमा हिम पहिरो : ३५ जनाको मृत्यु

इस्लामबाद- पाकिस्तानका दुर्गम क्षेत्रहरूमा गएको सप्ताहन्तमा जमेको चिसो वर्षा र अप्रत्याशित हिमपातका कारण कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
सो हिमपातमा परी दर्जनौं बढी घाइते भएको र उनीहरूको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेहरूमध्ये २२ जना बालबालिका रहेको र ती मध्ये धेरैजसो हिम पहिरोमा परेर घरमा पुरिएका विपद् व्यवस्थापन अधिकारीहरूले भनेका छन् ।
चरम मौसमले पाकिस्तानको उत्तरी र पश्चिमी क्षेत्रहरूलाई असर गरेको तथा सडक अवरुद्ध र सयौं घरहरूलाई क्षति पुरयाएको पाकिस्तानी सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
हिम विज्ञहरू यस्तो हिउँ देखेर छक्क परेका थिए किनभने मार्चमा पाकिस्तान सामान्यतया हिउँ पर्दैन, यसले स्थानीयलाई आश्चर्यमासमेत पारेको स्थानिय सञ्चारमाध्यमले जनाएका छन् ।
जसअनुसार उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको किर्क जिल्लाका बासिन्दा हाजित शाहले आफ्नो छिमेकमा पहिले एक पटक मात्रै हिउँ परेको बताएका छन् । उनले भने, ‘जहाँसम्म मलाई याद छ, २५–३० वर्षअघि केही मिनेटको लागि यहाँ हल्का हिमपात भएको थियो।’
भारी हिमपात र वर्षाले कम्तिमा १५० घरहरू पूर्ण रूपमा ध्वस्त भएको छ भने ५०० अन्य घरलाई आंशिक रूपमा क्षति भएको छ, मुख्यतयाः खैबर पख्तुनख्वा र दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा । केही जिल्लामा केही दिनदेखि विद्युत् अवरुद्ध हुन पुगेको छ ।
खैबर पख्तुनख्वाको प्रान्तीय सरकारले प्रभावित क्षेत्रहरूमा राहत सामग्री उपलब्ध गराएको छ र घाइते र मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया