त्रिशूली बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो

धादिङ- धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज बिहान करिब ५ बजे त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।
उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए । 'घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ' गौतमले भने ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।
सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ ।
बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चार महिनामा एक हजारभन्दा बढी आगलागीका घटना

यस्तो छ आजको राशिफल

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

आर्थिक सङ्कट झेल्दै ‘हाम्रो मायाघर’

भोलिदेखि दिक्तेलका मेयर भट्टराई आमरण अनसन बस्ने

सार्वजनिकस्थल सफाइ अभियानमा जुटे स्थानीय

पशुपति क्षेत्रमा ४५ वर्षपछि ऐतिहासिक लाखे झ्यालिन्छ नाच प्रदर्शन गरिँदै

प्रतिक्रिया