गण्डकीका सभामुख अधिकारीलाई छलफलका लागि सर्वोच्चले बोलायो

काठमाडौँ : राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेशमा निर्वाचित कृष्ण थापाको सांसद पद पुनःस्थापनासम्बन्धी अन्तरिम आदेश खारेज गर्न भन्दै सभामुखले दायर रिटमा ३१ जेठमा पेसी तोकिएको छ ।
त्यसमा विपक्षी रिट निवेदक गण्डकी प्रदेश सभाका नेत्रनाथ अधिकारीलाई सूचना दिन सर्वोच्चले भनेको छ । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको बिहीबारको इजलासले ३१ गते पेसी तोकी नियमानुसार पेस गर्न प्रशासनलाई निर्देशन दिएको हो ।
थापालाई पार्टी ह्वीप अनुरुप मतदान नगरेको भन्दै जनमोर्चाले सांसद पद नरहने गरी कारबाही गरेको थियो । त्यो कारबाहीविरुद्ध थापा सर्वोच्च पुगेका थिए । सर्वोच्चले उनको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
त्यसविरुद्ध गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी वारेरमार्फत रिट लिएर सर्वोच्च पुगेका थिए । त्यो रिटमा न्यायाधीशद्वय मल्ल र चुडालको इजलासले ३१ गते पेसी तोकेको हो ।

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

प्रतिक्रिया